ad ad

राजनीति


व्यवसायका लागि सहज वातावरण बनाउन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

व्यवसायका लागि सहज वातावरण बनाउन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

फाइल फाेटाे


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १४:३५, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाणले कोरोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रुपमा समस्याहरु देखापरेको र ति समस्याहरुलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए। उनले माल, समान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरूलाई आग्रह गरे। 

मन्त्री खाणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताए। 

उनले भने, ‘वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ। र उद्योगी, व्यवसायीहरुको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालनका लागि जुन माग गर्नुभएको छ, त्यसमा सरकार सकारात्मक छ। र स्थानीय प्रशासनले, सुरक्षा निकायले उहाँहरुलाई उद्योग, व्यवसाय सञ्चालनमा अवरोध गर्ने होइन की सहयोग गर्नुपर्दछ।’

उनले राष्ट्रिय राजनीतिक मूलधारमा नआएका पार्टीहरूसँग सम्वाद र छलफल गरी राजनीतिक मूलधारमा ल्याउने काम भइरहेको उनले जानकारी दिए। गृहमन्त्री खाणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजीकरणको दिशामा अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .