ad ad

राजनीति


सर्वोच्च परिसरमा कडा सुरक्षा, सशस्त्र प्रहरी पनि खटाइयो

सर्वोच्च परिसरमा कडा सुरक्षा, सशस्त्र प्रहरी पनि खटाइयो

सर्वोच्च अदालत अगाडि तैनाथ सुरक्षाकर्मी । तस्बिर : विक्रम राई


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १२:१६, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चर्किने अवस्था देखिएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा कडा बनाइएको छ।

सर्वोच्च र नेपाल बार एसोसिएसन परिसरमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको टोली पनि तैनाथ गरिएको छ। 

सेतो पट्टी बाँधेर आन्दोलित वकिलहरूले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउने चेतावनी दिएपछि सुरक्षा बढाइएको छ। 

उता जबराविरुद्ध आन्दोलित वकिलहरू पनि कालोपट्टी बाँधेर प्रदर्शन गरिरहेका छन्। उनीहरु सर्वोच्च परिसरमा जम्मा भएर प्रदर्शनमा उत्रिएका छन्। 

त्यस्तै न्यायपालिका सुधार अभियानका लागि आन्दोलित तारा बरालसहितका अभियन्तालाई प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको छ। 

सेतो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका वकिलहरूले नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला गाउने बताएपछि प्रहरीको तैनाथी बढाइएको छ। 

प्रधानन्यायाधीश जबराले मंगलबार सबैखालका मुद्दाको पेशी तोकेपछि न्यायाधीशहरूमा अन्योल बढेको छ। तर उनीहरु अझै कडा आन्दोलनमा जाने तयारीमा छन्। 

प्रहरी र सशस्त्र प्रहरीको टोली सर्वोच्च र नेपाल बार दुवैका गेटमा कडा चेकजाँच गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .