ad ad

राजनीति


प्रधानन्यायाधीशसँग वार्ता गर्न न्यायाधीशहरुले बनाए तीन सदस्यीय टोली

प्रधानन्यायाधीशसँग वार्ता गर्न न्यायाधीशहरुले बनाए तीन सदस्यीय टोली

फाइल तस्बिर


उजिर कार्की
कात्तिक १४, २०७८ आइतबार १७:१, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनका लागि सर्वोच्च अदालतमा आन्दोलनरत न्यायाधीशहरूले तीन सदस्यीय टोली बनाएका छन्। 

कसैले आन्दोलन गर्दैमा पदबाट नबाहिरिने अड्डी कसेका जबरासँग वार्ताका लागि न्यायाधीशहरूले तीन सदस्यीय वार्ता टोली गठन गरेका हुन्।

उक्त टोलीमा आइतवार मात्रै आन्दोलनमा समर्थन जनाउन आइपुगेका न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र अर्का न्यायाधीश मनोजकुमार शर्मा रहेका छन्। 

वार्ता टोली गठनसँगै प्रधानन्यायाधीश र आन्दोलनरत न्यायाधीशहरूबीच फेरि छलफल सुरु भएको छ। अहिले दुई पक्षबीच सर्वोच्चमा छलफल चलिरहेको छ।

सर्वोच्चमा चलेको आन्दोलनका कारण गत सोमबारदेखि कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन। 

सुनुवाइ नै रोकेर आन्दोलन गरेपछि न्यायाधीशहरूमाथि पनि अन्य विकल्प खोजेर इजलासमा जान दबाब बढिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .