ad ad

कारोबार


नेपालसहित दर्जन बढी देशका नागरिकले सोमबारदेखि थाइल्यान्ड भ्रमण गर्न पाउने

नेपालसहित दर्जन बढी देशका नागरिकले सोमबारदेखि थाइल्यान्ड भ्रमण गर्न पाउने

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १६:५९, काठमाडौँ

थाइल्यान्ड सरकारले भोलि सोमबारदेखि नेपाललगायत विभिन्न मुलुकका नागरिकलाई सो मुुलुक भ्रमणका लागि पु्नः खुला गर्ने भएको छ।  

कोरोना भाइरसको संक्रमण दर न्यून रहेका नेपाललगायत लाओस, म्यानमार, फिलिपिन्स, क्रोएसिया, इन्डानेसिया, कुवेत, माल्दिभ्स, मंगोलिया, ओमन, रोमानिया, स्लोभाकिया, श्रीलंका र भियतनाम लगायतका मुलुकका नागरिकले थाइल्याण्ड प्रवेश गर्न पाउने भएका हुन्। 

थाइल्यान्डको बिदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो। 

मन्त्रालयका अनुसार माथि उल्लिखित देशका नागरिकले कोरोना बिरुद्दको दुवै डोज खोप लगाएका छन् भने उनीहरुले थाइल्यान्ड जाँदा क्वारेन्टिन बस्नुपर्ने छैन। 

साथै, थाइल्याण्ड जानुअघि कोरोना भाइरस संक्रमण नेगेटिभ रहेको प्रमाण पेश गरेमा पनि क्वारेन्टिन बस्नुपर्ने छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .