साझा पार्टीले आउँदो मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभाको उम्मेदवार तोकेको छ।
साझाले भक्तपुर जिल्ला संयोजक सुरज प्रधानलाई पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने भएको हो।
विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान २८ वर्षीय प्रधान वातावरणमैत्री ईट्टा उत्पादनको व्यवसायी समेत हुन् ।
उम्मेदवारमा सिफरिस भएपछि उनले पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्धता व्यक्त गरे। ‘निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्रभित्र कल्याणकारी गतिविधिमा खर्च गर्छु’, उनले भने।
साझा पार्टीले शनिबार दाङ निर्वाचन क्षेत्र नं ३ (ख) को प्रदेशसभा उमेदवार दाङमा कार्यक्रम आयोजना गरेर घोषणा गर्ने प्रवक्ता डा सूर्यराज आचार्यले बताए। कास्की २ बाट प्रतिनिधिसभाका लागि यसअघि नै रजनी केसी उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
प्रतिक्रिया