नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा नियुक्त भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबारे अनावश्यक हल्ला गर्नुको तुक नभएको बताएका छन्।
प्रेस सेन्टरले शनिबार बिहान चितवनको भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
प्रचण्डले सत्ता घटक मन्त्रीपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई भाग नछुट्याएको दाबी उनले गरेका छन्।
'नेपाली कांग्रेसको कोटाबाट गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन्। प्रधानन्यायाधीशका मान्छे भनेर अनावश्यक हल्ला गर्नुको तुक छैन', दाहालले भने, 'सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था नै छ। त्यही अनुसार उनी नियुक्त भएका हुन्।'
दाहालले संसद विघटनदेखि नै आफूहरुले प्रयोग गरेको सेटिङ शब्द अहिले प्रतिपक्षी एमालेसहितले प्रयोग गर्न थालेको पनि जिकिर गरे। अध्यक्ष दाहालले लामो समयपछि मन्त्रिसपरिषद्ले पूर्णता पाउनु गठबन्धनका लागि सकारात्मक पक्ष भएको पनि बताए।
उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग तत्काल एकता नहुने पनि बताए। निर्वाचनसम्म तालमेल गरेर जाने राम्रो समझादारी बनेको दाहालले बताए।
Shares
प्रतिक्रिया