राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति भण्डारीले बुधबार आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
ती दुवै विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पेश गरिएको थियो।
78
Shares
प्रतिक्रिया