भारतीय नेसनल काँग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमा अर्थशास्त्रको ज्ञान नभएको बताएका छन्।
शुक्रबार हरियाणाको महेन्दरगढस्थित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गान्धीले अर्थशास्त्रबारे जानकारी नभएका मोदी अरबपतिलाई मात्र खुशी बनाउन तत्पर भएको बताएको बीबीसी हिन्दीले जनाएको छ।
अर्थपूर्ण मुद्दामा हुने मानिसको ध्यानलाई मोदीले भड्काउने कार्य गरेको गान्धीको आरोप छ। गान्धी काँग्रेसका पूर्व अध्यक्ष हुन्।
प्रतिक्रिया