ad ad

राजनीति


क्रियाशील सदस्यता विवादबारे छलफल गर्न कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

क्रियाशील सदस्यता विवादबारे छलफल गर्न कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

नेपालखबर
साउन २०, २०७८ बुधबार १३:३८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शीर्ष नेताहरुको बैठक बस्न लागेको हो। 

बूढानीलकण्ठ स्रोतकाअनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

साउन १४ गते बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको थियो। 

पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिम्मेवारी दिएको एक् दिनपछि बसेको शीर्ष नेताहरुको बैठकले मापदण्ड बनाएर क्रियाशील सदस्यता विवाद टुंग्याउने निष्कर्ष निकालेको थियो।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश लेखक र डा. मिनेन्द्र रिजाल सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .