नेपाली कांग्रेस नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रप्रति प्रश्न तेर्स्याएका छन्।
पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत देशभर झन्डै १७ लाख संख्यामा रहेका भूमिहीनलाई जग्गा तथा बसोबासको व्यवस्थाका लागि बनेको भूमि आयोग खारेज गर्ने निर्णयमा नेकपा माओवादी केन्द्रजस्तो सर्वहाराको पार्टीले कसरी समर्थन गर्यो भनेर प्रश्न गरेका हुन्।
मूलतः नेकपा माओवादी केन्द्रकै साथ र सहयोगमा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन्।
‘परमादेश सरकारद्वारा गरिएको भूमि आयोगको खारेजीलाई मचैं अनपेक्षित कदम ठान्दिनँ। यो कांग्रेसको वर्ग दृष्टिकोणकै देन हो,’ बाँस्कोटाले भनेका छन्, ‘अचम्मित यसमा छु कि आफूलाई सर्वहारा वर्गको महान् प्रतिनीधि भन्ने माओवादीले झन्नै १७ लाख भूमिहीन जनतालाई खुला आकाशमुनि वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायो?’
Shares
प्रतिक्रिया