ad ad

राजनीति


देउवाले हतारमा विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र : भीम आचार्य

देउवाले हतारमा विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र : भीम आचार्य

नेपालखबर
साउन ३, २०७८ आइतबार १४:५०,

प्रधानमन्त्री शेरबहादुर देउवाले रातारात विश्वासको मत लिन खोजेर एमाले फुटाउने षड्यन्त्र गरेको आरोप नेता भीम आचार्यले लगाएका छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट एवम् कार्यदल सदस्यसमेत रहेका आचार्यले देउवाको योजनामा षड्यन्त्र देखेका हुन्। 

'एमाले फुटाउन देउवाले आजै हतार हतार विश्वासको मत लिन खोजेका छन्', उनले वरिष्ठ नेता नेपाललाई आइतवार बिहान भेटेपछि एमाले सचिवसमेत रहेका उनले भने, 'आफूखुसी कुनै सांसदले विश्वासको मत दिए व्यक्तिगत हुन्छ। पार्टी एकताको कामलाई छिटो टुंग्याउन ओली र नेपाल दुवैसँग कुरा भइरहेका बेला विश्वासको मतका नाममा अर्को षडयन्त्र भएको छ।'

देउवाले विश्वासको मत लिने विषयमा एमालेमा कुनै छलफल नै नभएको पनि उनले बताए। 'देउवाले विश्वासको मत लिने विषयमा पार्टी र हाम्रो टिम दुवैतिर छलफल भएको छैन', उनले भने, 'मन लाग्दी निर्णय हुन्छ भने हामी मान्दैनौँ।'

आजै विश्वासको मत लिन हतार गर्नु भएको एमाले फुटाउने षडयन्त्रका रुपमा उनले व्याख्या गरेका छन्। 'आज हतार गर्नुपर्ने के अवस्था थियो र? हतार हतार गरिएको निर्णय एमालेलाई विभाजित गर्ने षडयन्त्र हो', उनले अगाडि भने, '१० बुँदे सहमति भएर एमालेले विश्वासको मत लिने कुरा थियो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .