काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायातमा पहिलोपटक विद्युतीय बसको प्रयोग सुरु भएको छ। महेन्द्र पुलिस क्लबमा आज उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका हुन्। स्मार्ट कार्ड लिएर यी बसमा यात्रा गर्ने यात्रुले भाडामा २० प्रतिशत छुट पाउनेछन्।
निजी क्षेत्रका यातायात कम्पनी सुन्दर यातायातले उपत्यकामा विद्युतीय बससेवा सञ्चालनमा ल्याएको हो। त्यसो त साझा यातायातले पनि विद्युतीय बससेवा सञ्चालनमा ल्याउने तयारी थालिसकेको छ। सुन्दर यातायातले ब्याट्रीबाट चल्ने बीएके कम्पनीका बस सञ्चालनमा ल्याएको हो। चक्रपथमा यी बसहरुले सेवा दिनेछन्।
कम्पनीले थप ११ वटा बस सञ्चालनमा ल्याउने जनाएको छ। यो बसको मूल्य प्रतिगोटा डेढ करोडभन्दा बढी रहेको जनाएको छ।
प्रतिक्रिया