विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने काम शुक्रबारबाट सुरु भएको छ। सोही क्रममा आज म्यान्मारबाट २६ जना नेपाली स्वदेश फर्किएका छन्।
आफ्ना नागरिक लिन आउने क्रममा म्यान्मारमा अलपत्र उनीहरुलाई म्यान्मारकै विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइदिएको हो।
आएका सबैलाई वसुन्धरास्थित होल्डिंग सेन्टरमा लगिएको छ। नेपाली सेनाले आफ्नो सवारीसाधनमा राखेर १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले सबै जनालाई सेन्टर लगेको हो।
विदेशबाट ल्याइने सबै नेपालीलाई प्रदेशगत रुपमा स्थापना गरिएको सेन्टरमा यसैगरी लगेर क्वारेन्टिनमा राखिनेछ। त्यसको व्यवस्थापनको जिम्मा सेनाले पाएको छ।
प्रतिक्रिया