ad ad

छापा खबर


कात्तिक पहिलो साता राष्ट्रपति जापान र प्रधानमन्त्री अजरबैजान जाँदै, किन?

कात्तिक पहिलो साता राष्ट्रपति जापान र प्रधानमन्त्री अजरबैजान जाँदै, किन?

नेपालखबर
असोज १३, २०७६ सोमबार २:४९,

दसैँलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी जापान र प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान जाने भएका छन् । कात्तिक पहिलो साता राष्ट्रप्रमुख र सरकारप्रमुख दुवै विदेश भ्रमणमा जान लागेका हुन्।

असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण हुने अपेक्षा गरिएको बताइएको छ। त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण हुन लागेको हो। राष्ट्रपति भण्डारी जापानका नयाँ साम्राट नारुहितोको गद्दी आरोहण एवं राज्याभिषेकमा सहभागी हुन जान लागेको परराष्ट्र स्रोतले जनाएको छ।

३ कात्तिकमा त्यसतर्फ जाने गरी कार्यक्रम तयार भइरहेको छ। याे खबर अाजकाे नयाँ पत्रिकामा पर्शुराम काफ्लेले लेखेका छन्। 

जापानी नयाँ सम्राट नारुहितोका राज्याभिषेक कार्यक्रम ५ कात्तिकमा हुनेछ । नारुहितोकै औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी जापान जान लागेकी हुन्। 

प्रधानमन्त्री ओली अजरबैजान जाने
कात्तिक ८ र ९ मा असंलग्न राष्ट्रहरूको १८औँ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान जाने तय भएको छ । सम्मेलन बाकु सहरमा हुनेछ । कात्तिक ४ र ५ मा असंलग्न राष्ट्रहरूको परराष्ट्रसचिवस्तरीय बैठक बस्दै छ भने कात्तिक ६ र ७ मा परराष्ट्रमन्त्रीहरूको बैठक बस्दै छ । सबै बैठकमा नेपालबाट सहभागिता हुनेछ ।

‘प्रधानमन्त्रीज्यू असंलग्न राष्ट्रहरूको सम्मेलनमा जाने तय भएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले नयाँ पत्रिकासँग भने । सम्मेलनपछि अजरबैजानले आगामी ३ वर्षका लागि असंलग्न राष्ट्रहरूको संगठनको अध्यक्षता लिनेछन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .