ad ad

छापा खबर


भारतीय र पाकिस्तानी विदेशमन्त्रीबीच द्वन्द्वः सार्क शिखर सम्मेलन अनिश्चित

भारतीय र पाकिस्तानी विदेशमन्त्रीबीच द्वन्द्वः सार्क शिखर सम्मेलन अनिश्चित

नेपालखबर
असोज ११, २०७६ शनिबार १:१३,

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीको अनौपचारिक बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्री एक–अर्कालाई छलेर सहभागी भएका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले न्युयोर्कस्थित बेस्टिन होटेलमा बिहीबार राति आयोजना गरेको बैठकमा यी दुई देशका विदेशमन्त्रीले आमने–सामने हुन अस्वीकार गरेसँगै सार्क शिखर सम्मेलन अझ अनिश्चित बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम् जयशंकरले मन्तव्य राखेर बाहिरिएको पाँच मिनेटपछि मात्रै पाकिस्तानी विदेशमन्त्री शाह मुहम्मद कुरेसी प्रवेश गरेका थिए ।

तर, भारत र पाकिस्तानका विदेश मन्त्रालयका अधिकारी भने बैठकमा एकैसाथ सहभागी भए । गत वर्षको अनौपचारिक बैठकमा पनि तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज बाहिरिएपछि मात्रै कुरेसी प्रवेश गरेका थिए ।

शिखर सम्मेलन अनिश्चित
काठमाडौंमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औँ शिखर सम्मेलन (१०–११ मंसिर ०७१) ले ०७३ कात्तिकमा पाकिस्तानमा १९औँ सम्मेलन गर्ने र नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने निर्णय ग¥यो ।

तर, सम्मेलनको मितिभन्दा दुई महिनाअघि ९२ असोज ०७३० भारतको उरीमा १९ जना भारतीय सैनिकको ज्यान जाने गरी आतंककारी हमला भयो । त्यसपछि रोकिएको सार्क सम्मेलन भारत र पाकिस्तानबीच सम्बन्ध चिसिँदै गएका कारण अझै अनिश्चित छ ।

१९८५ डिसेम्बरमा सात राष्ट्र मिलेर स्थापना गरिएको सार्कमा सन् २००७ अप्रिलको १४औँ शिखर सम्मेलनबाट अफगानिस्तान थपिएको छ । युरोपियन युनियन, चीन, जापान, इरानलगायत सार्कका नौवटा पर्यवेक्षक मुलुक छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .