पछिल्ला तीन वर्षमा निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी गरेका छन्।
सरकारले नै गठन गरेको छानबिन समितिले ठगीको यस्तो भयावह तस्बिर फेला पारेको हो।
विदेशी विद्यार्थीबाट असुलिने रकमको विवरण त सरकारी समितिले पनि संकलन गरेको छैन। यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।
ठगीको यो आँकडा विदेशी विद्यार्थीबाट अवैध रूपमा असुलिएका रकम पनि जोडे झन् धेरै हुने समितिको अनुमान छ।
प्रतिक्रिया