ad ad

अटो


केएल टावरमा रमाइलो दशैँ तिहार, जित्नेले पाउनेछन् बाइक उपहार!

केएल टावरमा रमाइलो दशैँ तिहार, जित्नेले पाउनेछन् बाइक उपहार!

नेपालखबर
असोज ६, २०७६ सोमबार १६:२५,

केएल टावरले दशैं तिहारका लागि 'रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउनेछन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफक्युब सिनेमाको टिकट, एक हजार रुपैयाँबराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ । त्यसैगरी साप्ताहिक रुपमा गोयन्का ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेसिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनरलगायतका घरायसी सामग्री उपलब्ध गराइने केएल टावरले जनाएको छ ।

बम्पर उपहारमा प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको एफजेड एसएफआई भीथ्री मोटर साइकल वितरण गरिने मेला संयोजक हीरामणि तिमिल्सिनाले बताए । दोस्रो उपहारस्वरुप यामाहाकै रे जेडआर स्कूटर, तेस्रो उपहारस्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइने बताइएको छ ।

सान्त्वना उपहारस्वरुप टाइमेक्सको घडी एक जनालाई वितरण गरिनेछ । उपहार योजनामा सहभागी हुन कम्तीमा एक हजार रुपैयाँबराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमल्सिनाले जानकारी दिए ।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको हो । असोज १ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक २५ गतेसम्म चल्नेछ ।

टावरमा ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफक्युव सिनेमाहल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर शोरुमलगायतका पसल सञ्चालनमा छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .