व्यवसायिक सफल सिरिजका रुपमा रहेको ‘चपली हाइट’को तेस्रो सिक्वेलको मंगलबार राजधानीमा निर्माण घोषणा गरिएको छ।
निर्माता अर्जुन कुमारले फिल्म थ्रिलर जनरामा निर्माण गरिन लागेको बताए।
स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतीक श्रेष्ठको मुख्य भूमिका रहने बताइएको फिल्मलाई निकेश खड्काले निर्देशन गर्न लागेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
आकाश बरालको लेखन रहेको चपली हाइट ३ ले एक हत्याको घटनालाई रहस्यात्मक ढंगले प्रस्तुत गरिएको छ।
प्रहरी अनुसन्धानले उक्त घटनाको दोषी को हो भन्नेमा विभिन्न विरोधाभाष देखिँदैजान्छ।
फिल्म यसै बर्षको चैत महिनाभित्र रिलिज गरिने अर्जुनले बताए।
प्रतिक्रिया