ad ad

छापा खबर


उपचार खोज्दै जुम्लातिर !

उपचार खोज्दै जुम्लातिर !

नेपालखबर
भदौ १८, २०७६ बुधबार २:४,

बाँके कोहलपुरका २३ वर्षीय सुनील कामी भाँच्चिएको खुट्टाको शल्यक्रिया गर्न जुम्ला पुगे ।

जाजरकोटका ५६ वर्षीय पृथ्वी खत्री पनि हात भाँच्चिएपछि शल्यक्रियाका लागि साताअघि त्यहीँ गए । शल्यक्रियापछि साधारण वार्डमा सारिएका उनीहरू डिस्चार्ज हुने तयारीमा छन् ।

यी दुई उदाहरण मात्र हुन् । पछिल्लो समय नेपालगन्ज, सुर्खेतलगायत सुविधायुक्त ठाउँबाट उपचारका लागि जुम्ला आउने बिरामीको संख्या बढ्दो छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा जुम्लाबाट एलपी देवकोटाले लेखेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सक र पूर्वाधार थपिँदै गएपछि बिरामी पनि बढेका छन् । शिक्षण अस्पतालमा गुणस्तरीय सेवा, सस्तो सेवा, दक्ष जनशक्ति, अनुकूल वातावरणलगायत सुविधा भएपछि बिरामीहरू यतै आउन रुचाउँछन् ।

शिक्षण अस्पतालले प्रदेश अस्पताल, सुर्खेतलगायत कर्णालीका सबै जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरसमेत पठाएको छ ।

४ महिनासम्म प्रदेश अस्पताल सुर्खेतमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक डा. मंगल रावल, डा.हरिहर देवकोटा, डा. राजीव शाह, डा. रमेश भट्टराईलगायतले विशेषज्ञ सेवा प्रदान गरेका थिए ।

‘प्रदेश अस्पतालले हिपको हड्डी जोड्न नसकेपछि एक बिरामीलाई यहाँ पठाउँदै गरेको जानकारी पाएको छु,’ डा. रावलले भने, ‘कर्णाली प्रदेशका सबै अस्पतालमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक पुगेर उपचार गरेकाले यहाँ आउने बिरामी बढेका हुन् ।’

हाडजोर्नी र नसासहित अन्य शल्यक्रियाका लागि शिक्षण अस्पताल उपयुक्त रहेको उनको भनाइ छ ।

राम्रो उपचार हुन्छ भन्दै हर्नियाको उपचारका लागि बाजुराका मदन महतारा पनि जुम्ला पुगेका छन् ।

आफ्ना बुबासँग शिक्षण अस्पताल आएका ७ वर्षीय महतरा शल्यक्रियापछि सोमबार डिस्चार्ज हुँदै छन् । विशेषज्ञ डाक्टरको पर्याप्तता, व्यवस्थित अस्पताल र सस्तो शुल्ककै कारण आफू उपचारका लागि जुम्ला आएको बर्दियाका मीनबहादुर विकले बताए ।

‘सुनेभन्दा पनि व्यवस्थित र भरपर्दो उपचार पाएँ,’ उनले भने, ‘कर्णाली जस्तो विकट ठाउँमा सुविधायुक्त अस्पताल हुनु सबै बिरामीका लागि वरदान हो ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .