ad ad

छापा खबर


वरिष्ठ उपसचिवहरूको सरुवा तयारी

वरिष्ठ उपसचिवहरूको सरुवा तयारी

नेपालखबर
भदौ ११, २०७६ बुधबार ०:५६,

सरकारले वरिष्ठ(सेवा अवधिका आधारमा बढुवाको रोलक्रममा रहेका) उपसचिवहरूलाई प्रदेशमा पठाउने तयारी गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासनका अनुसार उपसचिवहरूको नियमित सरुवाको समय आएसँगै वरिष्ठताका आधारमा सरुवाको तयारी गरिएको हो। यो खबर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।

मन्त्रालयले केही दिनअघि मात्र वरिष्ठ सहसचिवलाई विशेष सुविधासहित प्रदेशमा सरुवा गरेको थियो।

‘सहसचिव सरुवाकै मोडल उपसचिवको सरुवामा लागू गर्ने तयारी भएको छ,’ मन्त्रालयका एक सहसचिवले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .