ad ad

छापा खबर


यी हुन् विदेश निर्यात गर्न सरकारले पहिचान गरेका २८ बस्तु

यी हुन् विदेश निर्यात गर्न सरकारले पहिचान गरेका २८ बस्तु

नेपालखबर
भदौ ११, २०७६ बुधबार ०:५७,

मुलुकमा व्यापार घाटा बढ्दै गएपछि सरकारले निर्यात प्रवद्र्धन गर्नका लागि २८ वटा बस्तुको पहिचान गरेको छ।

आयात बढ्दै गएपछि सो अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकमा व्यापारा घाटा चुलिँदै गएपछि निर्यातयोग्य बस्तुको पहिचान गरिएको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात बढाउनका लागि ती बस्तुको पहिचान गरेको हो।

पहिचान गरिएका बस्तुमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडा र धागो, लेदर, जुत्ता, च्यांग्रा, पस्मिना, गलैँचा, कफि छन्।

यस्तै तरकारी तथा तरकारीको बिउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोशाक, पत्थर, गहना, उनीका उत्पादन, मसुरो, जुट, व्याग, छुर्पी, रुद्राक्ष लगायत छन्।

मन्त्रालयका उपसचिव वुद्धि उपाध्यायले स्वेदशी वस्तुको निर्यात प्रवद्र्धन गर्नका लागि २८ वस्तु पहिचान गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .