ad ad

छापा खबर


घातक बन्दै विवाहेतर सम्बन्ध : यस्तो छ हत्यादेखि आत्महत्यासम्मको शृंखला

घातक बन्दै विवाहेतर सम्बन्ध : यस्तो छ हत्यादेखि आत्महत्यासम्मको शृंखला

नेपालखबर
भदौ ११, २०७६ बुधबार ०:४५,

पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ।

विवाहइतर सम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएका छन्।

गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक र छोरी विनिताले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे। नेपाली सेनाको प्युठ पदमा जागिरे उनका श्रीमान् बिदामा घर आएका बेलासमेत आफूसँग सरसल्लाह नगरी घर छाडेर बसेको भन्दै माया आलेसहित तीनै जनाले आत्महत्या गरेका थिए।

छोरा विवेकको सुसाइड नोटका आधारमा बाबुको बाहिरी सम्पर्ककै कारण आमाले चित्त दुखाएको र तीनै जनाले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो। पछि मायाले श्रीमान्लाई आत्महत्याअघि गरेको म्यासेजसमेत प्रहरीले फेला पारेको थियो।

आत्महत्याअघि मायाले गरेको म्यासेजमा लेखिएको थियो– ‘अब हामी तपाईंलाई दुःख दिने छैनौं, सधैं अरूको कुरा सुन्नु, गुडबाई, तपाईंको प्रगति होस्।’

यसैगरी गत साउन २० गते पत्रकार शालिकराम पुडासैनीले समेत विवाहइतर सम्बन्धकै कारण आत्महत्याको निर्णयमा पुगेको देखिएको छ। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले विस्तृत रूपमा लेखेका छन्।

यसैगरी ३२ साउनमा सुनधाराको एक होटलमा सासूससुरासहित बसेकी तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङले समेत होटलको चार तलामाथिबाट हामफालेर आत्महत्या गरेकी थिइन्। प्रहरी अनुसन्धानले उनले समेत पारिवारिक खटपटकै कारण आत्महत्या गरेको देखाएको छ।

यस्ता भए घटना
-२४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित एउटै कोठामा सलको पासो लगाउर तनी जनाले आत्महत्या
-२० साउनमा पत्रकार शालिकराम पुडासैनीद्वारा आत्महत्या
-३२ साउनमा सुनधाराको एक होटलबाट तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङद्वारा हामफालेर आत्महत्या
-१ भदौमा स्वयम्भू ठूलोभ¥याङमा प्रेमिकाको कोठामा प्रहरी जवान शंकर ठगुन्नाद्वारा झुन्डिएर आत्महत्या
-बौद्ध आरुबारीस्थित ओम साइबाबा काष्ठ उद्योगका सञ्चालक खेमराज आधिकारीद्वारा ४ भदौमा प्रेमिकासँगको सम्बन्धका कारण आत्महत्या
-४ भदौमा नै गोगंबुस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नम्बर १११ मा चितवनका ३७ वषीएय यमबहादुर मगर काभ्रेकी ३० वर्षीया सविना बजगाईं मृत फेला
-१६ असारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .