ad ad

छापा खबर


सुदूरपश्चिम विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी

सुदूरपश्चिम विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी

नेपालखबर
भदौ ११, २०७६ बुधबार ०:४०,

सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा बहालवाला उपकुलपति र रजिस्ट्रारलाई पदमुक्त गर्दै निमित्त उपकुलपति र रजिस्ट्रार नियुक्त गरेपछि नेपाल विद्यार्थी संघले पाँच महिनादेखि लगाएको ताला अझै खोलेको छैन ।

तत्कालीन उपकुलपति डा. भूषण श्रेष्ठ र रजिस्ट्रार डा. द्विजराज भट्टलाई सरकारले २७ पुस ०७५ मा पदमुक्त गर्दै निमित्तमा क्रमशः डा. पूर्णबहादुर चन्द र डा. गोविन्दसिंह विष्टलाई नियुक्त गरेको थियो ।

त्यसको विरोधमा नेविसंघले महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूलगेटमा २७ चैतमा तालाबन्दी गरेको थियो ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले लेखेका छन्।

नेविसंघले राम्रो काम गरिरहेका उपकुलपति र रजिस्ट्रारलाई कारबाही गरेर विश्वविद्यालयविरोधी पूर्णबहादुर चन्दलाई उपकुलपति बनाएको भन्दै विरोध गरिरहेको छ । विश्वविद्यालयमा लगाएको ताला खोल्ने छाँटकाँट देखाएको छैन।

बरु, दैनिक प्रशासनिक काम सञ्चालन हुँदै आएको रजिस्ट्रारनिवासमा पनि ८ साउनदेखि नेविसंघले ताला लगाइदिएको छ । यसले विश्वविद्यालयमा समायोजन भएका १४ आंगिक क्याम्पससहित केन्द्रीय क्याम्पसको सुधार तथा भावी योजनाका लागि बस्नुपर्ने सिनेट बैठकसमेत अनिश्चित बनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .