पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फोरेन्सिक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ।
सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रुपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,’ भनिएको छ।
यो खबर आजको नागरिक दैनिकमा चितवनबाट रविता श्रेष्ठले लेखेकी छन्।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थुनछेक आदेशमा पुडासैनीले कति सयम अगाडि भिडियो रेकर्ड गरे र कति समय पछाडि झुण्डिएर आत्महत्या गरेका थिए भन्ने सयम यकिन नगरी मृत्युकालीन घोषणा हो वा होइन भनी यकिन गर्न नसकिने उल्लेख छ।
3
Shares
प्रतिक्रिया