ad ad

छापा खबर


मेलम्चीको पानी वितरण भएपछि नयाँ महसुल निर्धारण हुने

मेलम्चीको पानी वितरण भएपछि नयाँ महसुल निर्धारण हुने

नेपालखबर
चैत १५, २०७७ आइतबार १:२४,

कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आइतबार खस्नेछ। अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन। आयोजनाका अनुसार तयारी पूरा भएको छ।

सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुग्नेछ। मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ।

बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले पानीको महसुल तत्कालका लागि पुरानै रहने बताए। ‘पुरानो सिस्टमबाट मेलम्चीको पानी थपिने हो’, राणाले भने, ‘नयाँ सिस्टमको परीक्षण सकिएपछि नयाँ धाराबाट पनि पानी आउनेछ।’

नयाँ, पुराना दुवै पाइपलाइनबाट पानी आउन थालेपछि मात्रै नयाँ महसुल निर्धारण गरिने राणाको भनाइ छ। सरकारले हालै मात्र महसुल निर्धारण आयोगलाई पूर्णता दिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

आयोजनाका अनुसार घरमा बस्ने व्यक्तिको अनुपात हेरी बिहान, बेलुकी पानी आउनेछ। घरमा दिने पानीको पाइप आधा इन्चको छ। औसतमा पाँच सय लिटर पानी दिँदा धेरै व्यक्ति बस्ने घरमा दुई हजार लिटरसम्म जानेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .