ad ad

छापा खबर


नेपालमै कोरोनाविरुद्धको खोप बनाएकाे दाबी गर्ने दास भन्छन्- मैले काम सकेँ, अबको दायित्व राज्यको हो

नेपालमै कोरोनाविरुद्धको खोप बनाएकाे दाबी गर्ने दास भन्छन्- मैले काम सकेँ, अबको दायित्व राज्यको हो

नेपालखबर
जेठ २४, २०७७ शनिबार १:६,

कोभिड-१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन्। जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि तल्लिन छन्।

विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा.दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थालेका हन्। हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहनुभएका डा.दासले भने, ‘कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी खोप तयार गरेको छु।’

कोरोनाको सङ्कटमा विश्व फसिरहेको बेला योगदान गर्नुपर्छ भनेर थालेको आफ्नो अनुसन्धानले सफलता पाएको उनको दाबी छ। यो खबर आजको गोरखापत्र दैनिकमा हेटौंडाबाट राममणि दाहालले लेखेका छन्।

‘प्रयोगशालाको काम पूरा भएको छ, मैले गरेको खोज र अनुसन्धान विश्वविद्यालय र नेपाल सरकारको सम्पत्ति भइसकेको छ। अब थप अनुसन्धान राज्यको हो,’ उनले भने। आफ्नो अनुसन्धानको परीक्षण कोरोना सङ्क्रमितमा गर्न बाँकी रहेकाले त्यो परीक्षणका लागि सरकारसँग उनले आग्रहसमेत गरेका छन्।

वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौँडा क्याम्पसका सहायक प्राध्यापक डा.दासले जडीबुटीको प्रयोग गरी खोप तयार पारेका हन्। सुरुका दिनमा हर्बल सेनिटाइजरको अध्ययन अनुसन्धान र उत्पादन गरेका उनले कोरोना प्रतिरोधी क्षमता बढाउने खोपको समेत विकास गरेका छन्।

कोरोना भाइरसविरुद्धको दुई प्रकारको खोप तयार पारेका दासको अनुसन्धानलाई विश्व स्वास्थ्य सङ्गठनले चासोमा राखेर छलफलसमेत गरेको छ। नेपालसहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओका अनुसन्धान अधिकारीसँग डा.दासले मङ्गलबार भर्चुअल छलफल गरेका हुन्।

विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार काम भए नभएको, खोप तयार गर्नसक्ने क्षमता, कतिलाई प्रभावित गर्न सकिने, कति प्रगति भयो र विश्व स्वास्थ्इ सङ्गठनसँगको अपेक्षाका बारेमा छलफलमा भएको दासले जानकारी दिए।

अनुसन्धानलाई निरन्तरता दिन, देशको स्रोत प्रयोग गर्न र समस्या भए राख्नसमेत डब्ल्यूएचओका अनुसन्धान अधिकारीले भनेको डा.दासले बताए।
डब्ल्यूएचओले कोरोनाविरुद्धको खोपको खोजी र अनुसन्धानका लागि उत्प्रेरित गरिरहेको छ।

सोही क्रममा डा.दासको अनुसन्धान अवधारणापत्रलाई डब्ल्यूएचओमा पठाइएको थियो। डा.दासले कोरोना भाइरसविरुद्धको खोपलाई एस १, एस २ र एस ३ सङ्केत दिएका छन्।

यस्तै, कोरोना प्रतिरोधी क्षमता बढाउने अर्को खोपलाई एस ४, एस ५, एस ६, एस ७, एस ८ र एस ९ सङ्केत दिइएको छ। डा.दासको अनुसन्धानलाई लिएर विश्व स्वास्थ्य सङ्गठनका अनुसन्धान अधिकारीसँग अर्को बैठक असार २ गतेका लागि तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .