ad ad

छापा खबर


घरेलु रक्सीले एकै गाउँका ११ को मृत्यु, ५ जना छन् अझै सिकिस्त

घरेलु रक्सीले एकै गाउँका ११ को मृत्यु, ५ जना छन् अझै सिकिस्त

नेपालखबर
चैत १, २०७६ शनिबार १:१,

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा घरेले रक्सी पिउँदा दुई सातामा ११ जनाको मृत्यु भएको छ। तीमध्ये ८ जनाको बिहीबार र शुक्रबार मृत्यु भएको हो।

मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्देव यादव, गुदर महरा, रामनारायण महरा र निरस यादव छन्।

धनुषाकै रूपैठ घर भई रमेदैयास्थित ससुरालीमा बस्ने गरेका राजु महराको पनि मृत्यु भएको छ।

दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा रक्सी पिएकै कारण भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो। यो खबर आजको नयाँ पत्रिकामा हदिश खुद्दारले लेखेका छन्।

सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु भएको स्थानीयले बताएका छन्।

रक्सी पिएकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन्।

गाउँकै पसलमा प्राप्त घरेलु मदिरा पिउँदा उनीहरूको मृत्यस भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .