कोरोना भाइरस संक्रमणमा जोखिमका कारण देशभरिका कारागारमा सतर्कता बढाइएको छ।
जेलभित्र एकजनालाई संक्रमण भएको केही दिनमै धेरैलाई फैलिन सक्ने भएकाले भेघटघाटमा कडाइ गरिएको छ।
कारागार व्यवस्था विभागले देशभरिका जेलमा यससम्बन्धी सतर्कता बढाएको छ, आजको नयाँ पत्रिकाले यो खबर छापिएको छ।
‘तत्कालका लागि कैदी/बन्दीहरूको सरुवा रोकेका छौं,’ कारागार व्यवस्था विभागका निमित्त महानिर्देशक देवेन्द्र लामिछानेले भने, ‘भेटघाटमा पनि कडाइ गरिएको छ।’
प्रतिक्रिया