ad ad

छापा खबर


काेराेना : भारतले आइतबारदेखि नेपालसहितका सीमानाका बन्द गर्दै

काेराेना : भारतले आइतबारदेखि नेपालसहितका सीमानाका बन्द गर्दै

नेपालखबर
चैत १, २०७६ शनिबार ०:३४,

कोरोना भाइरसको महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ।

भारतीय गृह मन्त्रालयको फेरनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ।

भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्नेछ, आजको नयाँ पत्रिकाले खबर छापेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबचि कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गर्ने निर्णय गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .