ad ad

छापा खबर


कोरोनाभाइरसको अति उच्च जोखिममा पर्‍याे नेपाल, के छ त बच्ने तयारी?

कोरोनाभाइरसको अति उच्च जोखिममा पर्‍याे नेपाल, के छ त बच्ने तयारी?

नेपालखबर
फागुन १७, २०७६ शनिबार ०:३१,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोनभाइरस (कोभिड १९)को अति उच्च जोखिमको सूचीमा राखेको छ।

डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचमीमा परेको हो।

डब्लूएचओले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्ता र अफगानिस्तानलाई समेत कोरोनाभाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ, आजको राजधानी दैनिकले खबर छापेको छ।

स्वास्थ्य सेवाका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको हो।

स्वास्थ्य सेवा विभागले आवश्यक पूर्वतयारीलाई तीव्र पारेको महानिर्देशक श्रेष्ठले बताए। ‘हामी पूर्वतयारीमा छौं। अब हामी नितान्त अरू कामभन्दा पनि पूर्वतयारीमा मात्रै केन्द्रित छौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .