ad ad

छापा खबर


एसएसपी राणाले महिला प्रहरीको यौन शोषण गरेको आरोप, निलम्बन गरेर गृहले थाल्यो कारबाही

एसएसपी राणाले महिला प्रहरीको यौन शोषण गरेको आरोप, निलम्बन गरेर गृहले थाल्यो कारबाही

नेपालखबर
माघ १८, २०७६ शनिबार १:३९,

वरिष्ठ प्रहरी अधिकारीमाथि परेको गम्भीर उजुरीउपर प्रहरी प्रधान कार्यालयले छानविन नगरेपछि गृह मन्त्रालयले आफैँ छानबिन थालेको छ।

संघीय प्रहरी इका धरानमा कार्यरत एसएसपी सौरभ राणालाई निलम्बन गरेर गृह मन्त्रालयले छानविन थालेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनीमाथि महिला प्रहरीमाथि यौन शोषण गरेको गम्भीर आरोप छ।

उनीमाथि छानबिन गरेर कारबाही गर्न दुई महिना अघि नै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो।

एसएसपी राणाविरुद्ध गत कात्तिकमै गृह मन्त्रालयमा उजुरी परेको थियो।

उनीबाट पीडित एक महिलाले उजुरी गरेकी थिइन्। आफूलाई धम्क्याएको तथा एक महिला प्रहरीलाई यौन शोषण गरेको उजुरी थियो।

सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले राणाविरुद्ध जबर्जस्ती करणी कसुरमा किटानी जाहेरी दर्ता भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .