ad ad

छापा खबर


कोरोना भाइरस संक्रमण : वुहानको सडकमै भेटिन थाल्याे शव

कोरोना भाइरस संक्रमण : वुहानको सडकमै भेटिन थाल्याे शव

नेपालखबर
माघ १८, २०७६ शनिबार २:१७,

नोवेल कोरोना भाइरसको उदगमस्थल हुबेइ प्रान्तको वुहानस्थित सडकमा एक जनाको शव भेटिएको छ।

एक हातमा प्लास्टिकको झोला समातेकै अवस्थामा शव भेटिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सबैभन्दा पहिला सञ्चारकर्मीले ती व्यक्तिको शव देखेका थिए।

कोरोना संक्रमण फैलिनुभन्दा पहिले भिडभाड हुने सडकमा शव देखिए पनि कसैले नजिक जाने हिम्मत गरेनन्।

केही समयपछि शरीर पूरै छोपिने ‘प्रोटेक्टिभ सुट’ लगाएका प्रहरी र स्वास्थ्यकर्मीको टोलीले निलो ब्ल्यांकेटले ती व्यक्तिको शव ढाकिदिएका थिए।

त्यसको केही समयपछि एउटा सेतो भ्यान आएर पहेँलो ‘सर्जिकल व्याग’ मा शव उठाएर लगेको थियो।

शव उठाएपछि सो ठाउँमा फोरेन्सिक टिमले स्प्रे छरेको थियो।

त्यसपछि सफाइ कर्मीचारीले सडक सफा गरेका थिए।

झण्डै ६० वर्षका देखिने ती व्यक्तिको मृत्यु कोरोना भाइरसकै कारण भएको आशंका स्थानीयले गरेका छन्।

शव नजिकै उभिएकी एक महिलाले ती व्यक्तिको मृत्यु कोरोनाकै कारण भएको दाबी गर्दै भनिन्, ‘डरलाग्दो अवस्था छ। हिजोआज थुप्रै मान्छे मरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .