ad ad

छापा खबर


साग विजेता खेलाडीलाई पुरस्कार घोषणा : विभेद गरिएको भन्दै महिला खेलाडीले जनाए आपत्ति

साग विजेता खेलाडीलाई पुरस्कार घोषणा : विभेद गरिएको भन्दै महिला खेलाडीले जनाए आपत्ति

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ०:२८,

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीलाई सरकारले पुरस्कार घोषणा गरेको छ।

प्रधानमन्त्री केपी ओलीले विजेता खेलाडीलाई बुधबार बालुवाटारमै बोलाएर आकर्षक पुरस्कार राशि घोषणा गरेका हुन्।

तर, पुरस्कार घोषणामा विभेद गरिएको भन्दै महिला खेलाडीले आपत्ति जनाएका खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश कँडेलले लेखेका छन्।

फुटबलकी सावित्रा भण्डारीले भनिन्, ‘यस्तै पक्षपातले खेलाडी खेल छाडेर बिदेसिन्छन्।’

सरकारको घोषणा अनुसार एक स्वर्ण जित्ने (जस्तै : सञ्जु चौधरी, भारोत्तोलन)लाई नौ लाख प्रदान गरिने छ।

एक भन्दा बढी स्वर्ण जित्ने (जस्तै : गौरिका सिंह, स्विमिङ) लाई प्रतिस्वर्ण ११ लाखका दरले चार स्वर्णबापत ४४ लाख प्रदान गनिरे छ।

त्यस्तै दुई रजतबापत १२ लाख थपेर उनले ५६ लाख पाउने निश्चित भएको छ। तर, तीन कास्यको पुरस्कार निश्चित छैन, किनकी समूह खेलमा व्यक्तिगत खेलाडीलाई कति दिने भन्ने अन्योल छ।

पुरुष फुटबलमा भने स्वर्ण जित्ने प्रत्येक खेलाडी र प्रशिक्षकलाई पाँच लाख प्रदान गरिने छ। तर, फुटबल, भलिबल र बास्केटबलतर्फ रजत जित्ने महिला खेलाडीको विषयमा निर्णय भएको छैन। त्यसैले यो घोषणाप्रति महिला खेलाडीले आपत्ति जनाएका छन्।

पुरस्कारमा पनि गौरिकाको कीर्तिमान
सागमा चार स्वर्णसहित नौ पदक जितेर कीर्तिमान बनाएकी पौडीबाज गौरिका सिंहले पुरस्कार पनि सबैभन्दा बढी पाएकी छिन् ।

हरेक स्वर्णको ११ लाखका दरले उनले चार स्वर्णको ४४ लाख पाउने छिन् । त्यस्तै दुई रजतको ६÷६ लाखका दरले १२ लाख पाउने छिन् । यसरी स्वर्ण र रजतबाट उनले ५६ लाख पाउने छिन् । गौरिकाले टिम इभेन्ट्समा पनि तीन कांस्य जितेकी छिन् । तर, यसमा भने पुरस्कार घोषणा गरिएको छैन ।

सावित्रा भण्डारीको चित्त दुखाइ
हामी पनि राष्ट्रका लागि भनेर घर–परिवार सबै त्यागेर अहोरात्र खटिएका हौँ । गोल्ड जित्न मरेर खेलेका हौँ ।

तर, रजत र कांस्यमा व्यक्तिगत विजेतालाई मात्रै पुरस्कार दिएर राज्यले हामीमाथि पक्षपात गरेको छ । यस्तो पक्षपातले त खेलाडीको करिअरमा ठूलो धक्का लाग्छ । किन खेलाडी बिदेसिन्छन्।

यस्तै पक्षपात भएर त विदेश जान बाध्य भइन्छ नि । मेरै प्लान पनि त विदेश बन्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .