ad ad

छापा खबर


प्रधानमन्त्री ओलीलाई कसले दिँदैछ मिर्गौला?

प्रधानमन्त्री ओलीलाई कसले दिँदैछ मिर्गौला?

नेपालखबर
मंसिर २, २०७६ सोमबार ४:०,

प्रधानमन्त्री केपी ओली नियमित हेमोडायलासिस उपचार विधि नअपनाई पुनः मिर्गाैला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका छन्।

तर प्रत्यारोपण सिंगापुर, अमेरिका र चीनमध्ये कहाँ गर्ने भन्ने निर्णय भइसकेकाे थाहा हुन सकेको छैन। तर प्रधानमन्त्री ओलीले सिंगापुरलाई नै पहिलो प्राथमिकता दिएको स्रोत बताउँछ।

तथापि विकल्पमा अमेरिका र चीनमा पनि मिर्गाैला प्रत्यारोपण गर्ने सम्बन्धमा भने प्रधानमन्त्री ओलीले आफ्ना निजी चिकित्सकका साथै आफन्तहरूसँग सल्लाह गरिराखेको स्रोत बताउँछ। यो खबर आज सोमबारको साँघु साप्ताहिकले छापेको छ।

प्रधानमन्त्री ओलीलाई उनकै गृह जिल्ला झापाका एकजना आफन्त मिर्गाैला दिन तयार रहेको बताइन्छ। साथै मिर्गाैला दिनेको मिर्गाैला प्रधानमन्त्री ओलीका निम्ति परीक्षणबाट म्याचसमेत भएकामे स्रोत बताउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .