हङकङमा ‘मास्क’ प्रतिबन्धपछि अवस्था झन् बिग्रियो, नेपालीहरु मारमा

हङकङमा ‘मास्क’ प्रतिबन्धपछि अवस्था झन् बिग्रियो, नेपालीहरु मारमा

सन्तोष तामाङ
असोज १८, २०७६ शनिबार ६:४०,

सरकार विरोधी प्रदर्शनकारीले मास्क लगाएर प्रहरीमाथि पेट्रोल बम प्रहार गर्ने, ढुंगा प्रहार गर्नेजस्ता हिंस्रक गतिविधि गर्न थालेपछि शुक्रबारबाट हङकङ सरकारले मास्क प्रतिबन्ध गर्ने कानुन ल्याएको हो।

तर यस कानुन आएपछि प्रदर्शनकारी झन् रुष्ट बनेका छन्। प्रदर्शनकारी शुक्रबार हङकङमा ठूलो विरोध कार्यक्रमको आयोजना गरेका थिए।

केही प्रदर्शनकारीले सडकमा अवरोध गर्दै चिनियाँ झण्डा जलाएका र तोडफोड गरेका थिए। शुक्रवार नै त्यहाँको रेल सेवाले सबै सेवा शनिवारसम्मका लागि बन्द गरेको घोषणा गरेको छ।

तस्बिरहरूमा रेल स्टेशनमा आगो लगाइएको देखिएको छ।

Image result for hk mask protest

नेपालीहरु मारमा

हङकङमा मास्क प्रतिबन्ध भएपछि हङकङमा निर्माण क्षेत्रमा काम गर्ने नेपालीहरु मारमा परेका छन्। मास्क प्रतिबन्धले त्यहाँ ठूलो प्रदर्शन निम्त्याएको छ।

यसकारण नेपालीहरुले काम गर्ने कम्पनी आधा दिनमै बन्द हँुदा उनीहरु कान नगरी कोठा फर्कन बाध्य भएका छन्।

हङकङ आइल्यान्डस्थित ओसन पार्कको निर्माणाधीन सुइमिङ पुल, होटेल कन्स्ट्रक्सन क्षेत्रका मुख्य कम्पनी ज्ञाम्मनले शुक्रबार मध्याह्न ४ बजेबाट काम हुने साइड बन्द गरेको छ।

हङकङमा बस्ने कामदारको गन्तव्य सहजीकरणका लागि कम्पनीले मुख्य कम्पनी र सबैखाले ट्रेड, स्किलमा काम गर्ने चाइनिज र नेपाली सब कन्ट्र्याक्टर कम्पनीलाइ दिउसै छुट्टी दिइएको हो।

कामदारले काममा आउन र घरसम्म पुग्न रेल तथा बसको यात्रा गर्नुपर्दछ। तर हङकङको सेन्ट्रल क्षेत्र आन्दोलनकारिको कब्जामा छ। यसको असर सबैखाले यात्रुलाई पर्ने भएकाले कम्पनीले सबै कामदारलाई दिउँसै छुट्टी दिएको छ।

त्यहाँ चाइनिज र नेपाली कामदार गरी करिब २०० बडी कामदार कार्यरत छन्। काम नहुने भएपछि उनीहरुले ज्याला पाउँदैनन्।

नेपालीहरु कार्यरत कम्पनीको सिनियर साइड सुपरभाइजर हरिस चन्द्र गुरुङले आफ्ना कम्पनीको सबै सुपरभाइजर, फोरमेन, टिम लिडरलाई काम बन्द गर्न मुख्य कम्पनीबाट आदेश आएको र तत्काल साइड छोडी घर सम्मको यात्रालाइ ध्यानमा राख्न आदेश आएको दिएको बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .