हङकङमा मास्क प्रतिबन्धविरुद्ध दशौं हजारको प्रदर्शन, ५० एमटीआर स्टेसन बन्द

हङकङमा मास्क प्रतिबन्धविरुद्ध दशौं हजारको प्रदर्शन, ५० एमटीआर स्टेसन बन्द

नेपालखबर
असोज १९, २०७६ आइतबार ८:४६,

शुक्रबार रातिबाट त्यहाँको सरकारले मास्क प्रतिबन्ध गर्ने कानुन ल्याएपछि थोरै थामिएको आन्दोलन फेरि ब्युँतिएको हो।

सरकार विरोधी प्रदर्शनकारीले मास्क लगाएर प्रहरीमाथि पेट्रोल बम प्रहार गर्ने, ढुंगा प्रहार गर्नेजस्ता हिंस्रक गतिविधि गर्न थालेपछि शुक्रबारबाट हङकङ सरकारले मास्क प्रतिबन्ध गर्ने कडा कानुन ल्याएको थियो।

त्यसकै विरोधमा आइतबार दशौंहजार प्रदर्शनकारीले हङकङमा सरकार विरोधी प्रदर्शन गरेका हुन्।

Demonstrators angered by the government’s ban of wearing masks at public assemblies have taken to the streets. Photo: Felix Wong

एससीएमपीका अनुसार प्रदर्शकारीको विरोधकाबीच हङकङका ९४ मध्ये ५० एमटीआर रेल स्टेसन बन्द छन्।

मास्क प्रतिबन्धपछि शुक्रबार र शनिबार पनि हङकङमा ठूलो विरोध कार्यक्रमको आयोजना गरिएको थियो।

केही प्रदर्शनकारीले सडकमा अवरोध गर्दै चिनियाँ झण्डा जलाएका र तोडफोड गरेका थिए।

शुक्रवार र शनिबार त्यहाँको रेल सेवा पूर्णतया ठप्प थियो। आइतबार ४५ वटा रेल स्टेसन सुचारु भएको जनाइएको छ।

यद्यपी प्रदर्शनकारीले रेलमा तोडफोड गर्ने हुन कि भन्ने त्रास त्यहाँ उत्पन्न भएको जनाइएको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .