हङकङमा प्लास्टिकको गोली लाग्दा पत्रकारले आँखाको ज्योती गुमाइन्

हङकङमा प्लास्टिकको गोली लाग्दा पत्रकारले आँखाको ज्योती गुमाइन्

नेपालखबर
असोज १६, २०७६ बिहिबार १२:२,

मंगलबार हङकङमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएपछि हङकङ आन्दोलनको विश्वभर चर्चा चुलिएको छ।

मंगलबार प्रहरीको गोली लागेर हङकङका १८ वर्षका किशोर साङ चि–किन घाइते भएका थिए। उनको छातीमा गोली लागेको थियो।

ज्यान जाने खतरा भएपछि प्रहरी जवानले प्रदर्शनकारीमाथि गोली चलाएको हङकङ प्रहरीले स्पष्ट पारिसकेको छ।

मंगलबार अगाडि पनि हङकङ प्रहरीले गोली चलाएका थिए। बीबीसीले बुधबार दिएको जानकारी अुनसार प्रहरीले प्रहार गरेको प्लास्टिकको गोली लागेर इन्डोनेसियाकी एक महिला पत्रकारले एउटा आँखाको ज्योती गुमाएकी छिन्।

वान चाइ क्षेत्रमा हङकङ आन्दोलनको समाचार संकलन गरिरहेकी भेबी मेगा इन्धाको आँखामा आइतबार गोली लागेको हो। उनी हाल उपचाररत छिन्।

ती महिलाले इन्डोनेसियाको साउरा पत्रिकामा काम गर्ने गरेकी छन्। रिपोर्टिङको क्रममा उनले पत्रकारको पहिरन लगाएकी थिइन्। ‘हामी पत्रकार हो, गोली नहान्नु’ भन्दा समेत प्रहरीले पत्रकारमाथि गोली चलाएको उनको आरोप रहेको छ।

मंगलबारको प्रदर्शनमा प्रहरीले २६९ जनालाई नियन्त्रणमा लिएका थिए। सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए। ३० प्रहरी पनि घाइते छन्।

त्यसदिन ९ सयवटा प्लास्टिकका गोली र १४ सय अश्रुग्याँसको प्रयोग भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .