हङकङ सरकारले नकाब प्रतिबन्ध गर्ने कानुन संसदमा पेश गर्ने भएको छ।
हङकङले सरकार विरोधी प्रदर्शनकारी लक्षित कानुन ल्याउन लागेको सरकारी अधिकारीहरुलाई उदृत गर्दै एससीएमपीले उल्लेख गरेको छ।
हङकङमा चार महिनायता सरकारविरुद्धको हिंस्रक आन्दोलन जारी छ। सो क्रममा नकाबधारी प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्। रेल स्टेसनहरु तोडफोड भएका छन्।
हिंसालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ हङकङले नकाब प्रतिबन्ध गर्नका लागि नयाँ कानुन ल्याउन लागेको जनाइएको छ।
नकाब प्रतिबन्ध गर्ने कानुन औपनिवेशिक समयका बेला आपतकालिन अवस्थामा लागू हुन्थ्यो।
शुक्रबार यस कानुन संसदमा पेश हुनेछ। पारित भए त्यो शुक्रबार बाटै लागू हुने जनाइएको छ।
प्रतिक्रिया