हङकङमा १४ हप्ताभन्दा बढी समयदेखि सरकार विरोधी प्रदर्शन जारी छ।
उक्त राजनीतिक संकटलाई निराकरण गर्ने हिसाबले लामले सर्वसाधारणसँग भेट्न लागेको एससीएमपीले जनाएको छ।
गत सेप्टेम्बर ४ तारिखमा लामले सुपुर्दगी विधेयक फिर्ता लिँदा उनले आफूले सर्वसाधारणसँग उनीहरुको समस्या बुझेर हङकङको समस्यालाई हल गर्ने बताएकी थिइन्।
मंगलबार कार्यकारी परिषद्को वैठकका क्रममा लामले भनिन्,‘यो खुला संवादको मञ्च हुनेछ। हामीले विभिन्न क्षेत्रका मानिसहरुको विचार सुन्नेछौं।’
उनले नागरिकको समस्या बुझेर नै समस्या सुल्झाउन सजिलो हुने धारणा राखेकी छन्।
सरकारले आयोजना गर्न लागेको छलफलमा सयदेखि दुईसयसम्म मानिसहरुले भाग लिन पाउनेछन्। त्यसका लागि नागरिकले नाम टिपाउनु पर्नेछ।
यस्ताखाले छलफलमा विभिन्न क्षेत्रका विज्ञहरु पनि समावेश हुनेछन्। जसले सरकारलाई सुझाव दिनेछन्।
यस्ता किसिमका छलफल निरन्तर जारी रहने जनाइएको छ।
प्रतिक्रिया