भ्यान्कुभरमा रहेको घरमा एउटा आलमारी छ, जसभित्र अल्बर्ट चेङ किङ हनका नपहिरिएका सयवटा टाई छन्।
कुनै बेलाका चिटिक्क देखिइरहने हङकङका ब्रोडकास्टर, मिडियाका हस्ती, पूर्वसांसद समेत हुन् उनी, अर्थात् चेङ।
‘मलाई हेर्नुस् त! हरेक दिन पहिरिन्छु’, हङकङबासीमाझ ‘ताइपान’ नामले चर्चित उनी भन्छन्, ‘सायद मैल अब फेरि यी टाइहरु पहिरिनुपर्छ, मैले आफूलाई एक सम्मानित र व्यवसायीजस्तो देखाउनुपर्छ।’
आफूलाई स्वघोषित ‘परिवर्तनवादी’ भन्न रुचाउने चेङले दशकौँसम्म हङकङ र बेइजिङलाई सताए। अहिले उनी पुनः क्यानडेली समुद्रतटीय सहर भ्यान्कुभरमा फर्किएका छन्। जहाँ उनी १९६० को दशकमा पुगेका थिए, अहिले तिनै चेङ पुनः सोही सहर फर्किएका छन्।
उनी सन् १९८४ मा हङकङ फर्किएका थिए। पूर्वहवाइयान इन्जिनियर उनी पछि सबै घटनाबाट जानकार व्यक्ति बने। उनी तिआनमेन स्क्वायरका सामूहिक चिहानका कट्टर स्वरका रुपमा देखापरे। त्यतिमात्र हैन, उनी प्रजातन्त्रवादी स्वर नै बनेर देखापरे। यसमा उनलाई फाइदा पनि भयो। हङकङको चर्चित रेडियो टकशो चलाएपछि उनको कीर्ति अझै फैलियो।
सन् २००४ मा उनी हङकङको प्रत्यक्ष निर्वाचित सांसद बने। आफ्ना टिभी र रेडियोमा ‘एलिट’ अर्थात् सम्भ्रान्त वर्गको कटु आलोचक भए पनि उनी पछि मिश्रित स्वरका रुपमा देखापरे। उनी भ्यान्कुभरमा मिडियाको उपस्थितिलाई सम्हाल्न पनि सफल भए। एएम१३२० स्टेसनमा दैनिक शोकै क्रममा उनले सबैलाई ‘चीन समर्थक’ को आक्षेपसम्म लगाए।
तर अहिले उनले २६ वर्ष लामो एएम१३२० शो छाडिसकेका छन्। यसलाई उनी ‘स्क्यान्डल’ मान्न तयार छैनन्। काम छोड्नु आफ्नै इच्छा बताउँछन् चेङ। स्टेसनले अझै काम गरिरहन भनेको उनी दाबी गर्छन्।
भ्यान्कुभरमा आफ्ना दर्शक–श्रोताको मन जित्दा जित्दा थाकेको बताउने उनलाई त्यहाँका सबै ‘चीन–भक्त’ लाग्छन्। हङकङमा अहिले सन् १९९७ को हस्तान्तरणपछिकै ठूलो राजनीतिक अस्थिरता चलिरहँदा उनी केका लागि आन्दोलन भइरहेको छ भन्ने जानकारी नभएको बताउँछन्।
‘म आफैँलाई सोध्छु, म किन केका लागि यो गर्दै छु? मैले उनीहरुलाई परिवर्तन गर्न सक्दिनँ’, आफू निकै बूढो भएको बताउँछन् चेङ।
उनी भन्छन्, ‘म मानिसलाई अप्रसन्न पार्न चाहन्न।’
सधैँ शान्त बसिरहन सक्दैनन् यी ७३ वर्षीय चेङ, जो यदाकदा साउथ चाइना मर्निङ पोष्टमा स्तम्भ समेत लेख्छन्। उनी आफैँलाई त्यस्तो राम्रो लेखक पनि ठान्दैनन्। यसको प्रमाणै दिन अघि सर्छन् चेङ।
उनी चर्चित हस्तीका ‘अफ दि रेकर्ड’ प्रसंगहरु पनि सुनाइरहन्छन्। अझ उनले मलाई हङकङका एक जना प्रसिद्ध अधिवक्तासँगका टेक्स्ट मेसेजहरु पनि देखाए, जसले हङकङबारे पछूतो जनाएका थिए।
तर भ्यान्कुभरमा आफ्ना श्रोताहरु आफूसँग नभएको उनले सुनाए।
‘उनीहरुसँग हङकङमा अहिले भइरहेको विरोध प्रदर्शनविरोधी भावना छ’, उनले भने, ‘म उनीहरुसँग कुनै तर्क पनि गर्न चाहन्न।’
‘उनीहरु सोच्छन्, यी प्रदर्शनकारी अलग्गिने आन्दोलन गरिरहेका छन्, यहाँ सबै हिंसाविरोधी छन्’, उनी भन्छन्, ‘मैले त्यही बुझेको छु, कानुनप्रति सम्मान...तर यहाँ सबै हङकङ ब्रोडकास्टर टीभीबी सधैँ हेर्छन्। हरेक चिनियाँले टीभीबी हेर्छन् र त्यसले उनीहरुको मस्तिष्क पखालेको (ब्रेनवाश गरेको) छ।’
चीनलाई हङकङ हस्तान्तरण गर्दा उनी आफ्ना हङकङका ‘अडिएन्स’ का स्वरसँग मिल्थे, जब हङकङको ‘ह्यान्डओभर’ भएको थियो।
‘तर अहिले मलाई लाग्छ, मानिसहरुलाई किन बेखुसी बनाउनु!’, उनी भन्छन्, ‘समुदाय टुक्रिएको छ...तपाईंलाई सडक र चोकमा देख्दा मानिसहरुले पछाडिबाट थप्पड लाउन सक्छन्, तस्बिर खिच्न सक्छन्। केहीले अझै त्यसो गर्छन्, तर अहिले मलाई उनीहरुको आँखा हेर्दा र सोचाइ बुझ्दा मानिसहरुले ‘खत्तम’ भन्दै हेरिरहेजस्तो लाग्छ।’
‘यहाँ म त्यसरी मानिसले हेरेको चाहन्न र मलाई थाहा पनि छैन उनीहरु मलाई के सोच्छन् भन्ने, मलाई यसमा चिन्ता छ’, उनी भन्छन्।
कतिलाई पागलजस्तो पनि लाग्न सक्छ, तर चेङका यी कुरा साँच्चै बुझिने खालको छ।
सन् १९९८ मा चेङ हङकङमा काममा जाँदै गर्दा झण्डै झण्डै मर्नुपरेका थिए। दुई जना हतियारधारीले उनको हत्याको प्रयास गरेका थिए। उनी सख्त घाइते भए र दुई महिना अस्पतालमा बिताए। त्यसो हुनुको एउटै अपराध उनले प्रजातन्त्रको पक्षमा सरकारविरुद्ध बोल्नु थियो।
उनी भ्यान्कुभरमा व्यक्तिगत अवस्थाबारे स्वतन्त्रसँग बोल्छन्। तर पछि उनले मलाई फोनमा भने आफ्ना परिवार र उनीहरु के गर्छन्, सबै कुरा वर्णन नगर्न भनेका थिए।
‘मसँग धेरै शत्रुहरु छन्’, उनी भन्छन्।
त्यसो त उनले तीन वर्षअघि नै भ्यान्कुभर जाने निधो गरिसकेका थिए।
‘मैले हङकङमा सबैथोक बेचिसकेँ, बजारमूल्यभन्दा तल रहेर’, उनी भन्छन्, ‘आफ्नो द पिकमा रहेको घरसमेत बेचिसकेको थिएँ, सबै सम्पत्ति अफलोड गरिसकेको थिएँ।’
अझै पनि हङकङमा उनको डी१०० इन्टरनेट रेडियो स्टेसन छ।
‘तर सन् २०१४ को ‘अम्ब्रेला मुभमेन्ट’ पछि मलाई हङकङ पुग्यो, मेरै लागि किन नहोस्!’, उनी भन्छन्, ‘म पुरानै हङकङमा बस्न चाहन्थेँ। म मेरो भविष्य यहाँबाट सोच्न सुरु गर्छु, अब मसँग पैसा कमाउने वा संसार परिवर्तन गर्ने क्षमता पनि छैन।’
चेङले आफ्नो क्यानडेली नागरिकता सन् २००४ मै त्यागेका थिए। यो पुनः हङकङको संसद छिर्ने उपाय थियो तर उनी आठ महिनाअघि फेरि भ्यान्कुभर फर्किसकेका छन्। उनी आफ्नो बिरामी ९० वर्षीया आमासँग रहन चाहन्थे। जो यहाँ नै थिइन्। एक महिनाअघि उनको मृत्यु भयो।
‘तर म यहीँ बस्न चाहन्छु, म यहाँ राम्रोकै लागि आएको छु’, हङकङसँगको सम्बन्धबारे उनी भन्छन्, ‘जब तपाईं आफ्नो छोरालाई बेच्नुहुन्छ, उसको टाउको कहिल्यै नछुनुहोस्, केवल छोडिदिनुहोस्!’
आफू क्यानडा फर्किनेबारे उनले हङकङका केही प्रजातन्त्रवादी साथीलाई भनेका पनि थिए। उनीहरुले रोक्न भरमग्दुर प्रयास गरे, नजा भने। सम्झौता गर्नखोजे। तर आफ्नो कुनै चाहना नभएको र आफ्नो निर्णयलाई सबैले नचाहे पनि हङकङका गरिखाने वर्ग र गरिबहरुले आफ्नो विकल्पबारे खुसी प्रकट गरेको उनको भनाइ छ।
‘जहाँ जान पनि जसरी म स्वतन्त्र छु, वित्तीय हिसाबले पनि उस्तै छु’, उनी भन्छन्, तर धेरै हङकङबासी हङकङ छाड्न चाहेर पनि सक्दैनन्।’
आफूलाई आफ्ना आलोचकले कसरी लिन्छन् भन्ने उनलाई कुनै मतलब छैन।
‘जेसुकै सोचून्, म क्यानडामा छु क्यारे!’, उनी भन्छन्।
हङकङकै जीवनशैलीमा रमाउनेहरु, त्यहीँ बसेर पैसा कमाउनेहरु अझै पनि त्यहीँ रहने उनको अनुमान छ। पैसै कमाउने भए हङकङमा किन बस्नु? सांघाई जान उनी सुझाव दिन्छन्।
आजकल त उनी हङकङबाट आउने कुनै समाचार नै रुचाउँदैनन्। यसले धेरै पिरोल्ने पनि उनी सुनाउँछन्। हङकङमा पछिल्लो समय भइरहेको आन्दोलनबारे उनी चिन्तित हुने गरेका छन्।
‘मेरी श्रीमती, यही हो एउटा समस्या, जो सधैँ फेसबुकमा मेरो रेडियो स्टेसन डी१०० सुनिरहेकी हुन्छिन् तर म यो सुन्नै चाहन्न’, उनी भन्छन्, ‘कतिपल्ट नसुन भनेको छु, हङकङलाई बिर्सिन भनेको छु।’
परिवार सबै हङकङमा भएकाले, मुटु त्यहीँ जोडिएकाले, नराम्रो यादगार आउने भएकाले श्रीमतीलाई हङकङ बिर्सिन भनेको उनी सुनाउँछन्।
‘म अब अघि बढ्न चाहन्छु, त्यही कारण म हङकङबारे बोल्नै चाहन्न’, उनी भन्छन्।
तर उनले आफैँलाई मद्दत गर्न सकिरहेका छैनन्। उनी हङकङकी नेतृ तथा प्रमुख कार्यकारी क्यारी लामलाई अक्षम भन्छन्। एक देश दुई व्यवस्थाको हङकङको फ्रेमवर्क स्टाटस (चिनियाँ विशेष प्रशासनिक क्षेत्रको पहिचान) सकिएको उनको ठम्याइ छ।
अझ उनलाई के डर छ भने आउँदो नोभेम्बरमा हुने हङकङको जिल्ला निर्वाचन र २०२० मा हुने संसदको चुनावपछि आउने बेइजिङको प्रतिक्रियाबारे दुखित हुनुपर्ने अवस्थाको कल्पना गर्छन्।
‘कुनै भर्खरको केटोले आएर आफू प्रजातन्त्रवादी हो र म नै चुनावमा विजय पाउँछु भनेर जितिहाल्यो भने, तपाईंलाई लाग्छ, चीनले यसलाई स्वीकार्ला?’, उनी प्रश्न गर्छन्।
उनी क्यानडेलीहरु हङकङको मानवअधिकारलाई लिएर त्यसकै पक्षमा रहनुपर्ने बताउँछन्। अझ क्यानडामा बस्ने चिनियाँले पनि यसको पक्ष लिनुपर्ने ठान्छन् उनी। तर क्यानडाले हङकङबारे अडान लिन नसक्ने उनको अनुमान छ। कथंंकदाचित् जस्टिन ट्रुडेउ (क्यानडेली प्रधानमन्त्री) ले अडान लिए भने त्यो आत्मघाती हुनेछ किनकि यहाँ धेरै बेइजिङ पक्षधर छन्।
चेङ भन्छन्, ‘हङकङमा रहेका धेरै क्यानडेली हङकङको अस्थिरतालाई लिएर चिन्तित छन्, उनीहरुसँग क्यानडाको पासपोर्ट छँदै छ, जतिखेर पनि हङकङ छोड्न सक्छन्, त्यसकारण उनीहरु राम्रैसँग त्यहाँ बसेका छन्।’
अझ उनीहरुले हङकङमा पैसा कमाइरहेकाले प्रदर्शनले व्यवसायमा असर परेको भन्दै त्यसको पक्षमा नरहेको चेङ बताउँछन्।
भ्यान्कुभर सहरको पश्चिम छेउमा उनी आफ्नी श्रीमतीसँग जीवन बिताइरहेका छन्। उनले एउटा परिवारलाई स्थानीय व्यवसायमा सघाइ पनि रहेका छन्। जुन उनी भन्न चाहँदैनन् किनकि यसले बेइजिङ पक्षधरको ध्यान तान्न सक्ने उनको डर छ।
त्यस्तै भ्यान्कुभरमा रहेको चिनियाँ कन्सुलेट जनरलको प्रभावलाई लिएर पनि उनमा चिन्ता भेटिन्छ। तर उनी भ्यान्कुभरमा आफु पूर्ण खुसी रहेको बताउँछन्।
(डिजिटल ब्रोडकास्टिङ कर्पोरेसन हङकङ लिमिटेडका संस्थापक तथा सन् २००४–२००८ का लागि काउलुन ईस्ट क्षेत्रका सांसद अल्बर्ट चेङको यो कथा एससीएमपीबाट अनुवाद गरिएको हो।)
Shares
प्रतिक्रिया