एमटीआर कर्पोरेसन संचालक रहेको एक रेल मंगलबार बिहानै लिग बाहिर खसेर दुर्घटनामा परेको एससीएमपीले जनाएको छ।
रेल दुर्घटनापछि एमटीआर कर्पोरेसनले हङकङ समयअनुसार बिहान साढे ८ बजेबाट त्यहाँका मङ कक इस्ट तथा हुङ होम रेल स्टेसन बन्द गरिएको जनाएको छ।
हङकङक यातायात मन्त्रालयका सचिव साढे १० बजे घटनास्थलमा पुगेका थिए। उनका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन्।
Passengers leave the Mong Kok East-bound train, which derailed shortly after departing from Hung Hom terminus at about 8.45am on Tuesday.
Video: SCMP/Denise Tsang pic.twitter.com/SsUSi635WA
रेलले लिग परिवर्तन गर्ने स्थानमा दुर्घटना भएका कारण अन्य रेलका सेवाहरु त्यहाँ अवरोध भएका छन्।
रेल कसरी लिग बाहिर खस्यो भनेर अहिलेसम्म पत्ता लाग्न नसकेको एमटीआर कर्पोरेसनले जनाएको छ।
एक यात्रुले भने रेल दुर्घटना पूर्व त्यहाँ विस्फोटनको आवाज सुनेको एससीएमपीलाई बताएका छन्।
रेलवे ट्रेड युनियन संघ हङकङका उपप्रमुख टान किन–चिउनका अनुसार रेलको मर्तत तथा त्यो पूर्ण रुपमा सामान्य भएपछि मात्र उक्त रेललाई चल्न दिइने छ।
रेलका डब्बा जुन लिग बाहिर खसेका थिए त्यहाँ ४० देखि ५० यात्रु थिए। उनीहरु सबैको अवस्था सामान्य भएको बताइएको छ।
प्रतिक्रिया