लामो समयदेखि हङकङलाई कर्मथलो बनाई साहित्यकर्ममा जुटेका स्याङजाली गीतकार तथा कवि डोम रानाको कविता संग्रह “गोधुलीको किनारा“ हङकङमा विमोचन भएको छ।
साप्लाबुङ प्रकाशनले आयोजना गरेको उक्त बिमोचन कार्यक्रम आईतबार अपरान्ह जोर्डनस्थित कङ्गन रेस्टुरेन्टमा आयोजना भएको हो।
प्रेम भावहरुको बिम्ब उनेर मर्स्याङ्दी र गण्डकीजस्तै सलल बग्नसक्ने कवि रानाको कृतीमा ४७ मिठा कविताहरु सजिएका छन्।
जीवनका अनेक पाटाहरु शब्दको जालमा उन्न सफल रानाका कविताहरु प्रतिक, बिम्ब र रुपकहरुले सजिएका छन्। कविता सरल र सुन्दर छन्।
दुईवर्ष अगाडि “समर्पण“ गीति एल्बम सार्वजनिक गरेका रानाले समर्पण भाग–२ का लागि आफू तयारीमा जुटेकोसमेत नेपालखबरलाई बताए।
विमोचन समारोहमा कविता संग्रह बिक्रीबाट उठेको रकम रु. १ लाख ५६ हजार रानाले साप्लाबुङका प्रकाशक राज कुमार राई लाई हस्तान्तरण गरेका थिए।
उक्त रकम साप्लाबुङ पुस्तकालय अभियानमा खर्च हुने बताइएको छ।
प्रतिक्रिया