हङकङबासी नेपालीले आयोजना गरेको थोमस कप व्याडमिन्टन प्रतियोगिताको उपाधि चुनमुन व्याडमिन्टन समूहले हात पारेको छ।
आइतबार बिहान जोर्डनस्थित काउलुन स्पोर्ट्स हलमा सम्पन्न उक्त प्रतियोगितामा चुनमुन ब्याडमिन्टन समूहले सनराईज ब्याडमिन्टन क्लबलाई ६–३ अंक ले पराजित गर्दै यस वर्षको उपाधि हात पारेको हो। टिम च्याम्पियन बनेको होे।
प्रतियोगितामा मेन्स डबल्स, मिक्स्ड डबल्स, मेन्स सिङ्गल्स, र लेडिज डबल्स गरि चार बिधामा प्रतिस्पर्धा सम्पन्न भएको थियो।
जसमा चुनमुन ब्याडमिन्टन टिमले मेन्स डबल्सका ४ वटा म्याच तथा मेन्स सिङ्गल्स र मिक्स्ड डबल्स म्याचमा खेल जितेर च्याम्पियनसीप कप हात पारेका हुन्।
विजेता समूहलाई सनराईज ब्याडमिन्टन टिमका संस्थापक अध्यक्ष ईन्द्र थुलुंग राईले ट्रफी र पदकहरु प्रदान गरेका थिए।
आयोजकले थोमस कप हरेक वर्ष आयोजना गरिने बताएका छन्। थोमस कपलाई वर्ल्ड मेन्स टिम च्याम्पियनसीपको नामले पनि चिन्ने गरिन्छ।
यस प्रतियोगितामा विश्व ब्याडमिन्टन महासंघसङ्ग आवद्ध राष्ट्रहरुले पनि भाग लिने गर्दछन।
सोही फर्म्याटबाट प्रभावित भएर हङकङका नेपालीहरुले उक्त प्रतियोगिता आयोजना गरेका हुन्।
Shares
प्रतिक्रिया