गुल्मीका बाढी–पहिरो पीडितहरुका लागि हङकङबासी नेपालीहरुले आर्थिक सहयोग जुटाएका छन्।
गुल्मी समाज हङकङको पहलमा पहिरो पीडितका नाममा ८ लाख ७० हजार रुपैयाँ संकलन गरेका हुन्।
हङकङमा संकलन गरिएको सो रकम समाजका अध्यक्ष तिलककुमार गाहाले गुल्मीको सत्यवती गाउँपालिकाका उपाध्यक्ष सुवर्ण शेरचन शाहीलाई सोमबार हस्तान्तरण गरेका हुन्। सो अवसरमा वडा अध्यक्षहरू र स्थाय अगुवाहरूको उपस्थिति उपस्थिति थियो।
आफ्नो गृह जिल्लामा परेको बिपत्तिप्रति आँखा चिम्लेर र हात बाधेर बस्न नसकेको बताउदै समाजका कार्यबहाक अध्यक्ष बाबुराम क्षेत्रीले नेपालखबरसँग भने, ‘आफ्नो थातथलोमा दैव लागेपछि जति सकिन्छ पीडितहरुको घाउमा मलम लगाउन मैले समाजमा प्रस्ताव राख्दै सम्वाद बढाए, सामाजिक सन्जालतर्फ अपिल गरे, समाजमा कुरा राखे, समाजको पुरै टिम लागि पर्यौ, त्यसपछि स्वतस्फूर्त रुपमा सहयोगी हातहरु अघि बढे।’
उनले हरेक वर्ष मनाउदै आएको तीज कार्यक्रमसमेत स्थगित गरेर सहयोग संकलन गरेको बताए। ‘गृह जिल्ला पीडाको पोखरीमा डुबेको बेला हामी तीज मनाएर कसरी नाचगान गर्न सक्छौ र?’, उनले भने, । मानवीय संवेदना जाग्रृत गराउन सके मात्र यस्ता मानवीय एवं परोपकारी कार्य गर्न सकिने बताउँदै क्षत्रीले थपे, ‘पराई भूमिमा पसिनाले सिँचेर आर्जन गरेको आम्दानीको केही हिस्साले कसैको पीडामा साथ दिन सकिन्छ, सहयोग गर्न सकिन्छ भने किन नगर्ने?’
लो प्रोफाइलमा रहेर क्षत्रीले ब्यक्तिगत तथा सस्थागत गरि आफ्नो खल्तीबाट झिकेर २० लाख भन्दा बढी सहयोग गरिसकेको उनले बताए। ‘मलाई सामाजिक सन्जाल, पत्रपत्रिका आदिमार्फत यती दिए उति दिए भन्न मन लाग्दैन, म सकेसम्म निश्वार्थ सहयोग गर्छु र गरिरहने छु।’
समाजका सचिव थल बहादुर श्रीस मगर गुल्मेली जनताको दुःखमा मलम लगाउनका लागि जुटेको बताए। ‘समाजले हरेक वर्ष नेपालबाट २ ÷३ जना गायिकाहरु झिकाएर तीजमा रमाईलो गर्दै खुसी साटासाट गर्थ्यौ’, उनले भने, ‘तर, यो पटक गुल्मेलीहरुमाथि परेको बिपत्ति सानो भए पनि सहयोग होस् भनेर तिजलाई स्थगित गरि तिजमा लाग्ने खर्च राहतको रुपमा उपलब्ध गरायौँ।’ श्रीसका अनुसार गुल्मेली सैं धिर्बै नासा ट्हो, स्वाँरा तमु समाज हङकङका सदस्यहरूले यस वर्षको तिज कार्यक्रम रद्द गरि सो कार्यक्रममा लाग्ने खर्च गुल्मी समाज हङकङमार्फत सहयोग उपलब्ध गराएका हुन्।
अविरल वर्षाका कारण गत साउन ७ गते बिहान गुल्मी जिल्लाको सत्यवती गाउँपालिका अन्तर्गत वडा न. ३ ठूलो लुम्पेक र ४ लिम्घामा अएको भीषण पहिरोका कारण १३ जनाले ज्यान गुमाएका थिए।
पहिरोका कारण झण्डै साढे ३०० घर प्रभावित छन्। प्रभावित ठाउँहरूमा फर्केर बस्ने कुनै सम्भावना नभएकाले घरबारविहीन भएकालाई सामुदायिक विद्यालयमा राखिएको छ।
देश विदेशबाट नगद तथा खाध्यान्न सहयोग भइरहेको भए पनि स्थायी समाधानमा सरकारले उचित पहल गरेको जनगुनासो रहेको श्रीसले जानकारी गराए।
सन् २००३ मा स्थापित समाजले गुल्मी जिल्लामा आइपर्ने विभिन्न प्रकृतिका आपत्बिपदमा महिनैपिच्छे जस्तो सहयोग उपलब्ध गराउदै आएको छ। हङकङमा झन्डै चार हजारको हाराहारीमा गुल्मेलीहरु बसोबास गर्दै आएको भूपू सचिव ईश्वरविक्रम शाहले बताए।
Shares
प्रतिक्रिया