हङकङको चिम सा सुईस्थित एक व्यापारिक भवनको ११ तल्लाबाट खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ।
बुधबार अपरान्ह साढे ४ बजेतिर नम्बर १ मिडल रोडस्थित हाङकौ सेन्टरको ११ तल्लामा अवस्थित भारतीयले सञ्चालन गरेका साबु फाइन ज्वेलरीमा काम गर्ने आशीष बियानी नामका अन्दाजी ४०-४२ वर्षको पुरुषको मृत्यु भएको हो। मृतक पहेलो रङको फाइल सँगै खसेका थिए।
ज्वेलरी सञ्चालक कै घरमा घरेलु कामदारको रुपमा काम गर्ने एक नेपाली महिलाका अनुसार घटनाको समयमा उनी एक्लै थिए। झ्याल ठूलो भएको तथा त्यसमा धातुको ग्रिल नभएको कारण फाइल राख्दा चिप्लिएर खसेको हुन सक्ने उनले बताएकी छन्। मृतकले हावा खान सधैँ झ्याल खुल्ला राख्ने गरेको तिनले बताइन्।
घटनास्थलमा प्रहरीले ‘कर्डन अफ’ गरी शवलाई बर्सादीले छोपेर राखेको छ भने प्रहरीले प्रारम्भिक अनुसान्धन गरिरहेको छ।
मृतक आशीष भारतको जयपुरबाट हङकङ आएको तथा श्रीमती र सानो एक छोरा र एक छोरी रहेको बताइएको छ।
प्रतिक्रिया