हङकङको रेल वे स्टेसनमा लुटिए पाकिस्तानी दम्पती

हङकङको रेल वे स्टेसनमा लुटिए पाकिस्तानी दम्पती

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ९:४८,

हङकङको रेल वे स्टेसन बाहिर पाकिस्तानी दम्पती लुटिएका छन्।शुक्रबार बिहान यौमातेई रेल वे स्टेसन बाहिर पिट स्ट्रिट नजिकै ती दम्पती लुटिएका हुन्।

लुटिने दम्पतीमा ४२ वर्षीय पति र ३९ वर्षीया पत्नी रहेको बताइएक पनि उनीहरुको नाम भने खुलाइएको छैन। लुटिने ती महिला गर्भवती रहेको बताइएको छ। ती दुबै हङकङ परिचय पत्र बाहक भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

मध्यरातमा घर फर्कदै गर्दा उनीहरुको दुई व्यक्तिसँग भनाभन भएको र विवाद बढ्दै गएपछि तिनीहरुले गर्भवती महिलालाई दुई झापड र पेटमा मुक्का हान्नुका साथै पतिलाई भुँइ धकेलेर लडाएका थिए। त्यसपछि ती लुटेराहरुले ती दम्पतिको सुनको सिक्री, हङकङ डलर २० हजार नगद र मोबाइल फोन लुटेर फरार भएका थिए। लुटेराहरु पाकिस्तानी मुलकै हुन सक्ने आशंका गरिएको छ।

घटनाको लगत्तै पीडितले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नाका बन्द गरेर खोजी गरे पनि लुटेरालाई पक्राउ गर्न सकेन।

प्रहरीका अनुसार पीडित महालाको अवस्थामा सामान्य रहेको छ। उनी नजिकैको क्वोङ वह अस्पतालमा स्वस्थ परीक्षणपश्चात घर फर्किएको बताइएको छ।

घटनामा तिनको पतिलाई कुनै चोट नलागेको बताइएको छ। ती दुई लुटेरालाई पत्ता लगाउन र प्रमाण जुटाउन जासुस प्रहरीहरूले सीसीटीभी फुटेजहरु जाँच गरिरहेका छन्।

ती दम्पती दक्षिण एशियालीहरुलाई काम दिलाउने व्यवसायिक कम्पनी चलाएर बस्दै आएका थिए। उक्त विवाद सोही व्यवसायसँग सम्बन्धित हुन सक्ने प्रहरीले बताएको छ।

यौमातेई दक्षिण एशियालीहरुको घनाबस्ती रहेको स्थान हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .