हङकङबारे टिप्पणी गरेपछि विश्वस्टार ज्याकी चानको चर्को आलोचना

हङकङबारे टिप्पणी गरेपछि विश्वस्टार ज्याकी चानको चर्को आलोचना

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १२:१२,

हङकङमा दुई महिनायता सरकार विरोधी प्रदर्शन जारी छ। त्यहाँको शान्ति र स्थिरतामा खलल पुगेको छ।

यसबीचमा हङकङमा जन्मिएका विश्वस्टार कलाकार ज्याकि चानले हङकङ प्रदर्शनबारे आफ्नो धारणा राखेका थिए।

यतिबेला ज्याकी चान सोही धारणाका कारण आलोचित भएका छन्। हङकङका नागरिकले ज्याकी चानको चर्को विरोध गरिरहेका छन्।

हङकङका सामाजिक संजाल प्रयोगकर्ताले ‘हङकङले ज्याकी चानलाई घृणा गर्छ’ भनिरहेका छन्।

ज्याकी चानले चिनियाँ सरकारी टेलिभिजन सीजीटिएनसँगको अन्तर्वार्तामा बुधबार हङकङको अवस्था ‘दुखदायी र तनावयुक्त’ भएको बताएका थिए। उनले हङकङमा चाँडै शान्ति फर्कियोस् भन्ने कामना गरेका थिए।

हङकङमा प्रदर्शनका क्रममा प्रदर्शनकारीले चीनको झण्डा नै जलाएकोमा चानले दुख व्यक्त गरेका छन्।

चानले भनेका छन्,‘हङकङ र चीनको नागरिक भएको नाताले म देशभक्तिका मेरा आधारभूत सिद्धान्त प्रयोग गर्न चाहन्छु। म राष्ट्रिय झण्डाको रक्षक हुँ।’

हालैका दिनमा हङकङ सरकारले संसदमा सुपुर्दगी विधेयक प्रस्ताव गरेको थियो। दुई महिनायता हङकङमा यसै सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शन भइरहेको हो।

 प्रदर्शनपश्चात विधेयकमाथिको छलफल तत्काललाई स्थगित गरिएको छ। प्रदर्शनकारीले हङकङको स्वतन्त्रतामाथि हस्तक्षेप हुनेभन्दै आन्दोलन चर्काइरहेका हुन्।

केही समययता प्रदर्शन झर्नै चर्किएको छ। चीनले प्रर्दशन जारी रहे आफूले हस्तक्षेप गर्ने, जनमुक्ति सेना परिचालन गर्ने बताइसकेको छ।

हङकङ चीन प्रशासित क्षेत्र हो। हङकङ चीनको एक देश दुई प्रणालीबाट चल्दै आएको क्षेत्र हो। अर्थात् मुख्य क्षेत्र चीनमा भिन्दै शासन प्रणाली छ भने हङकङमा बेग्लै शासन प्रणाली छ।

हङकङमा चीनभन्दा धेरै स्वतन्त्रता भएको विश्लेषकहरु बताउँछन्।

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .