९ बुँदे घोषणापत्रसहित एनआरएन मकाउको अध्यक्षमा गुरुङको उम्मेदवारी

९ बुँदे  घोषणापत्रसहित एनआरएन मकाउको अध्यक्षमा गुरुङको उम्मेदवारी

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार १३:९,

गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउको आसन्न छैटौँ अधिवेशनका लागि वर्तमान महासचिव पूर्णबहादुर गुरुङले अध्यक्ष पदका लागि ९ बुँदे घोषणा पत्रसहित आफ्नो उम्मदेवारी दिएका छन्।

सामाजिक अभियन्ताको पहिचान बनाएका गुरुङले नेपालीहरुको एकता, हित र अधिकारका लागि आफूले उम्मेदवारी दिएको बताए। ‘सबै समस्याको समाधान गर्ने क्षेत्र र अधिकार त संघसँग हुँदैन’, नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘तथापी संघ बाट मकाउबासी नेपालीहरुको एकता, हित र अधिकारका लागि कुनै कसर नराख्ने जोश र ईच्छा शक्तिसहित नेतृत्व सम्हाल्ने निर्णय गरेको हुँ।’

महासचिवका रुपमा काम गरी अनुभव बटुलेका गुरुङले सम्पूर्ण मकाउबासी नेपालीप्रती प्रतिवद्धता जाहेर गर्दै आफूलाई जिताउन आग्रह गरेका छन्।

एनआरएन मकाउको अध्यक्षमा वर्तमान अध्यक्ष शान्तिदेवी अधिकारीले पनि उम्मेदवारीको घोषणा गरेकी छन्।

‘अधिवेशन सम्मसम्मत हुने सम्भावना के कस्तो छ?’ भनी नेपालखबरले सोधेको प्रश्नमा गुरुङले भने, ‘यसै भन्न सकिन्नँ, अहिले उम्मेदवारी दर्ता समेत भइनसकेको अवस्था छ, सबै प्रक्रिया पुगे पछि अन्तिममा के हुन्छ त्यसको लागि समयको प्रतीक्षा गर्नै पर्ने हुन्छ।’

गुरुङ सस्थापक सचिव, त्यसपछि कोषाध्यक्ष र वर्तमान महासचिव हुन।

बिगत लामो समयदेखि मकाउमा बस्दै आएका गुरुङले एनआरएनए मकाउमा नेपालीका हितका लागि अल्पकालीन, दीर्घकालीन योजनाहरु बनाएका बताए। दूतावास र सम्पूर्ण मकाउवासी नेपाली संघसंस्थाबीच सौहार्दपूर्ण सह अस्तित्वसहितको सहकार्य तथा सम्पूर्ण एनआरएनएहरु सँग सहकार्य र कार्यगत एकतासहित अघि बढ्ने गुरुङको भनाई छ।

एनआरएनए मकाउ सन २००७ मा स्थापना भएको हो। आगामी छैटौँ अधिवेशनका लागि ८०० भन्दा बढी मतदाता दर्ता भएका छन्। अधिवेशन आगामी सेप्टेम्बरमा हुने कार्यसमितिले बताएको छ। मकाउमा झन्डै ५ हजारको हाराहारी नेपालीहरु जनसंख्या रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .