बुधबार बिहानै दुई व्यक्तिमाथि बाँसको डन्डा प्रहार भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सार्वजनिक भिडिओ फुटेजमा दुई व्यक्तिले अराजक व्यक्तिहरुको आक्रमणबाट बच्नको लागि हातले टाउको छोपिरहेको देख्न सकिन्छ।
प्रहरी घटनास्थलमा पुगिसक्दा दुई व्यक्ति घाइते भएर भुइँमा लडिरहेका थिए।
साम सुइ पोमा भएको यस घटनाका आक्रमणकारीलाई अहिले प्रहरीले खोजिरहेका छन्।
आक्रमणबाट घाइते हुने व्यक्तिहरुको उमेर ३७ र ३६ भएको बताइएको छ। उनीहरुको क्यारिटास मेडिकल सेन्टरमा उपचार भइरहेको छ।
मदिरा पियर मात्तिएका उनीहरुमाथि किन आक्रमण भयो भनेर पत्ता लाग्न सकेको छैन। यद्यपी उनीहरुमाथि लुटपाट गर्न खोजिएको अनुमान गरिएको छ।
प्रतिक्रिया