बीएन–ओ पासपोर्टलाई प्रयोग गरेर छुट्टीको समयमा हङकङबासीले विभिन्न देशमा भ्रमण गर्न खोजेपछि हङकङले बीएन–ओलाई मान्यता नदिन विभिन्न देशलाई आग्रह गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
बेलायतले बीएनओ–धारीलाई बेलायतमा स्थायी रुपमा बस्न दिने प्रावधान बनाएपछि मुख्यक्षेत्र चीनले बीएनओ–लाई भ्रमण कागजातको रुपमा मान्यता नदिने बताइसकेको छ।
यसबीचमा हङकङले १४ देशलाई बीएनओलाई मान्यता नदिन भनेको हो।
यद्यपी जापान, दक्षिण कोरिया, इटाली, न्युजिल्यान्डले बीएनओलाई मान्यता दिने बताइरहेका छन्।
प्रतिक्रिया